Connect IPS
IME Life

राष्ट्रिय बाणिज्य बैंकको कमव्याक, खराव कर्जा सल्टाएर सर्वाधिक ५ अर्ब २१ करोड मुनाफा आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरु मध्ये गत आर्थिक वर्षमा राष्ट्रिय बाणिज्य बैंकले सर्वाधिक धेरै ५ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले खराव कर्जा सल्टाएर गत आर्थिक वर्षमा मुनाफा आर्जन गर्ने सर्वाधिक पहिलो स्थान बनाउन सफल भएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ७९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यस वर्ष ३.०७ प्रतिशतको खराव कर्जालाई घटाएर २ प्रतिशतमा झारेको छ । खराव कर्जाले सधै तल पर्दै आएको एक मात्र पुर्ण सरकारी लगानी रहेको बाणिज्य बैंकले यस वर्ष खुद व्याज आम्दानी मात्रै ९ अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको छ । जुन नविल बैंकको भन्दा पनि बढि हो ।

Prabhu
Crest

समिक्षा अवधिमा बैंकले २ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले स्प्रेडदर घटाउदा पनि यस वर्ष मुनाफामा छलाङ मारेको छ । स्प्रेडदर ४.३७ प्रतिशतबाट ४.२९ प्रतिशतमा झारेको छ ।  गत वर्ष ४६.६९ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको बैंकको जगेडा कोषमा १५ अर्ब ५१ करोड रुपैयाँ छ ।

यस वर्ष कर्जा विस्तारमा पनि बैंक आक्रामक देखिन्छ । १९ प्रतिशतले कर्जा बढाउदा निक्षेप भने १.६९ प्रतिशतले घटेको छ । यसले गर्दा खुद व्याज आम्दानीमा सुधार देखिएको हो । प्रतिशेयर आम्दानी भने ३४ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS