काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ६१ अंकले घटेर २,१४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनी शेयर मुल्य बढेको छ भने १६१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएको छ । आज ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।