Connect IPS
IME Life

जीवन विकास लघुवित्तको नाफा १३%ले बढ्दा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षकोभन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो आर्थिक वर्षमा ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षमा ८१ करोड ७२ लाखभन्दा बढी संचालन मुनाफा गरेको हो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रहेको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी अर्थात् १ अर्ब ५४ करोड कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत आवमा १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ६० पैसा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS