Connect IPS
IME Life

एनएमबि बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्ममा ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६ दशमलव ५३ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले २ अर्ब ७१ करोडभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा भने ३६ दमलव ४३ प्रतिशत बढी ५ अर्ब २१ करोड भएको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू। २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ । बैंकको रिटेन्ड अर्निग ४ दशमलव ८९ प्रतिशत कम २ अ र्ब ३९ करोड कायम भएको हो । बैंकको जगेडा कोष रकम भने २६ दशमलव ३८ प्रतिशत बढेर ६ अर्ब ४४ करोडभन्दा बढी कायम भएको छ ।

Prabhu
Crest

बैंकले अघिल्लो वर्षभन्दा १२ दशमलव ३७ प्रतिशत बढी १ खर्ब ८४ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ भने १६ दशमलव ४१ प्रतिशत बढी रू। १ खर्ब ७५ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २ दशमलव ३७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ३३ प्रतिशतमा झरेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS