Connect IPS
IME Life

सिडी रेसियोमा ऋणपत्रलाई गणना गर्ने विधिमा राष्ट्र बैंकको अंकुस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सिडी रेसियोमा ऋणपत्रलाई पनि निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गरेको थियो । तर राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्ने क्रममा २०७८ भदौ ८ गते भन्दा अगाडीजारी गरिएका ऋणपत्रलाई मात्रै सिडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ ।

यस सँगै गत भदौ ८ गते भन्दा पछाडी जारी भएका ऋणपत्रहरु सिडी रेसियोमा गणना हुने छैन । पूँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ । व्यवस्थामा थप गर्दै ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दा कै बखत तोक्नु पर्नेछ भनिएको छ । भदौ ८ गते पूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्रप्राप्त संस्थाले २०८० असार मसान्त सम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्ने व्यवस्था छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS