Connect IPS
IME Life

सिद्धार्थ बैंकको मुनाफा तीन अर्ब २१ करोड, लाभांश दिन सक्ने क्षमता १६ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा १२.७८ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ थियो । वितरण योग्य मुनाफा भने जम्मा २ अर्ब १० करोड रुपैयाँ छ । यस आधारमा बैंकको मुनाफाबाट लाभांश दिन सक्ने क्षमता १६ प्रतिशत मात्रै हुनेछ ।

बैंकले खुद व्याज आम्दानी २७ प्रतिशतले बढाएर ७ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेको छ । यहि अवधिमा बैंकले निक्षेप संकलन ५.८७ प्रतिशतले बढाएर एक खर्ब ९१ अर्ब रुपैयाँ संकलन गरेको छ भने कर्जा विस्तार १२.७८ प्रतिशतले बढाएर एक खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ । खराब कर्जा बढेर १.०३ प्रतिशत छ । मुनाफाबाट आधारम प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको छ । बैंकको सिडी रेसियो ८७.२१ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS