काठमाडौं । कुमार बैंकको मुनाफा ४३.८७ प्रतिशतले बृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा एक अर्ब ९७ करोड रुपैयाँ थियो ।
नियमकिय व्यवस्था अनुसार बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ७७ करोड रुपैयाँ मात्रै छ । खुद व्याज आम्दानी २५.६७ प्रतिशतले बृद्धि गरेको बैंकले यस अवधिमा ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ७ करोड रुपैयाँ मात्रै थियो ।
बैंकले समिक्षा अवधिमा एक अर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५६ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । पूँजीकोष अनुपात १२.९८ प्रतिशत रहेको बैंकको सिडी रेसियो भने ८५.१२ प्रतिशत छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर १९ रुपैयाँ कायम भएको छ ।