काठमाडौं । नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले ब्रोकर नम्बर ५५ ले नेपाल राष्ट्र बैंक समक्ष मार्जिन कारोबारका लागि स्वीकृति माग गरेको थियो ।
भृकुटीलाई नेपाल धितोपत्र बोर्डको नीति निर्देशन एवम् नेपाल स्टक एक्सचेन्जबाट जारी मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ अनुसार तोकिएको प्रावधानको सिमाभित्र रहेर काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । प्रचलित कानुनको परिपालना भए/नभएको यकिन गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबारको लागि कर्जा प्रवाह गर्ने अनुमनि प्रदान गरिएको हो ।