IME Life
GBIME

आजदेखि अभियान लघुवित्तको आइपीओ विक्री खुला, कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आज साउन १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँको दरका ९ लाख ७६ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख १५ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।

उक्त शेयरमा सर्वसाधारण लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यदि पहिलो चरणमा माग गरिए बराबरको लागि आवेदन नपरेमा मात्रै भदौ एक गतेसम्म निष्काशन हुनेछ । तर लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताको सर्वाधिक आकर्षण हुने भएकाले माग भन्दा धेरै गुणा आवेदन पर्ने गरेको छ । त्यसैले लगानीकर्ताले अधिकतम १० कित्ता भन्दा बढीको लागि आवेदन दिइरहनु पर्दैन ।

Crest

आइपीओ निष्काशनका लागि गरिएको रेटिङ अनुसार संस्थाले ‘इक्राएनपि आइआर डबल वि’ प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जध्यम जोखिम रहेको संकेत प्रदान गर्दछ ।

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ६१ प्रतिशत रहेको छ भने सर्वसाधारण समुहको ३९ प्रतिशत छ ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS