काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५.७२ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरूमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयरसमेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आइपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।
यीबाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आइपीओ सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।