Connect IPS
IME Life

साउन दुई सातामै बाणिज्य बैंकबाट ९२ अर्ब निक्षेप गायव !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुबाट साउन दुई साताको अवधिमा ९२ अर्ब रुपैयाँले निक्षेप गायव भएको छ । साउन पछि बैंकहरुमा तरलता सहज हुने अनुमान गरिए पनि पहिलो सातामा ६४ अर्ब र दोस्रो सातामा २८ अर्ब रुपैयाँले निक्षेप घटे पछि यस वर्ष पनि तरलतामा चाप पर्ने देखिएको छ ।

अर्थमन्त्रालयले स्थानीय निकायको कोषलाई पनि बैंकिङ प्रणालीमा निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरे पनि केहि शिर्षकका रकमलाई देखाउन नमिले पछि बैंकहरुको निक्षेप संकलन घटेको बैंकरहरुको भनाइ छ ।

Prabhu
Crest

साउन १३ गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुले ४३ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जवकी असार मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप संकलन ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो । त्यस्तै कर्जा प्रवाह तर्फ पनि गिरावट नै देखिन्छ । साउन १३ गतेसम्ममा ४१ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । जवकी साउन दोस्रो सातासम्ममा ११ अर्बले कर्जा विस्तार खुम्चिएको छ ।

निक्षेप बाहिरिए सँगै सिडी रेसियोमा चाप पर्न थालेको छ । यस अवधिमा सिडी रेसियो ८७.९८ प्रतिशत छ । ९० प्रतिशत भन्दा माथि नाघ्ने वित्तीकै बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सक्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS