Connect IPS
IME Life

चौथो त्रैमासमा गणपति लघुवित्तको नाफामा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५४ दशमलव ७५ प्रतिशले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १८.९९ प्रतिशत बढेको छ भने जगेडा कोष १३.६५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४२.४० प्रतिशत, निक्षेप ३६.५७ प्रतिशतले बढेको छ।

Prabhu
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९ दशमलव १७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.५७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७०.२७ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा १ करोड ५१ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ २ पैसा घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.५७ गुणा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS