IME Life
GBIME

मौद्रिक नीतिको कार्यान्वयन नहुँदा सेञ्चुरी बैंकको कारोबार रोक्का

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो आइतबार मर्जरको सहमति संझौतामा हस्ताक्षर गरेको सेञ्चुरी बैंकको शेयर कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बैंकको शेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको थियो । तर नेपाल धितोपत्र बोर्डले समयमा यसको कार्यविधि तयार पार्न नसक्दा कारोबार रोक्काको व्यवस्था कायमै छ ।

सहमतिपत्रमा प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेञ्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । प्रभु बैंकले एक बराबर एकको अनुपातमा सेञ्चुरी प्राप्ती गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको हो । मर्जर पछि बैंकको नाम प्रभु बैंक रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुनेछन् भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति भएको छ ।

Crest

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।  दुई बैंक विचमा धेरै लामो समयदेखि मर्जरको विषयमा छलफल भइरहेको थियो । विचमा एक पटक भाडिने अवस्थासम्म पुगिसकेको थियो । तर हिजो बराबर हैसियतमा मर्जरको सहमति भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS