Connect IPS
IME Life

प्रभु र सेञ्चुरी बैंक बिच मर्जरको सहमति, स्वाप रेसियो बराबर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंक विचमा मर्जरको सहमति भएको छ । आज साँझ मेरियट होटलमा दुबै बैंकका अध्यक्षहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेञ्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबै बैंक विच एक बराबर एकको अनुपातमा मर्जरको सहमति भएको हो । मर्जर पछि बैंकको नाम प्रभु बैंक र रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुनेछन् भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति भएको छ ।

Prabhu
Crest

हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।  दुई बैंक विचमा धेरै लामो समयदेखि मर्जरको विषयमा छलफल भइरहेको थियो । विचमा एक पटक भाडिने अवस्थासम्म पुगिसकेको थियो । तर आज बराबर हैसियतमा मर्जरको सहमति भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS