काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यस मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने जनाएको छ । यस अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ ।
यस योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् ।
त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ ।
बैंकका देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।