Connect IPS
IME Life

ऋणपत्र निष्काशन गर्न दुई बैंकले पाए बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट ऋणपत्र निष्काशन गर्न अनुमति पाएका छन् । दुवै बैंकले गत शुक्रवार ऋणपत्र निष्काशन गर्न अनुमति पाएका हुन् ।

अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS