काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी अथवा कम्पनीको नाममा रहेको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने जनाएको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायन अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले साउन २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक शेयरको मूल्य न्युनतम प्रतिशेयर १३१ रुपैयाँ रहेको छ । बोलपत्र पेस गर्दा न्युनतम १००० कित्ता र अधिकतम २६ लाख ३१ हजार १३६ कित्ताका लागि आवेदन दिन सकिनेछ।
यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।