काठमाडौं । आज पनि शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेर २,१२७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा समुह, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । आज १२५ कम्पनीको शेयर कुल्य बढेको छ भने ४६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन्ध्यवासनिी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राष्ट्र उत्थान लघुवत्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एसेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।