काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल थप गर्ने निर्णय गरेको छ । बैंकको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले शाहको कार्यकाल ४ वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।
शाहलाई बैंकले २०७५ कार्तिकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा लक्ष्मी बैंकमै १५ वर्षदेखि कार्यरत थिए । लक्ष्मी बैंक भन्दा पहिला उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १० वर्ष काम गरेका थिए । हालसम्ममा उनले २९ वर्ष भन्दा लामो समय बैंकिङ क्षेत्रमा विताइसकेका छन् ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको कार्यकाल सकिए पछि बैंकले भित्रैबाट सिइओ ग्रुम गरेको थियो । यसरी बैंकको आफ्नै प्रोडक्टको रुपमा रहेका शाहले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गरे सँगै दोस्रो कार्यकालका लागि पनि बैंक तयार भएको हो ।