Connect IPS
IME Life

एभरेष्ट बैंकको नाफा ४३% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा एभरेष्ट बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा आइपुग्दा खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको छ ।

९ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ ।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव १५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२ दशमलव ८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२ दशमलव ८२ प्रतिशत बढेको छ।

त्यस्तै बैंकको निक्षेप ७ दशमलव ८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३ दशमलव ९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS