IME Life
GBIME

बम्पर बोनस शेयरको हल्लामा शिवम् सिमेन्टको तीन अर्बको खरिद बिक्री, किन हुँदैछ सर्वाधिक कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिवम् सिमेन्टले यस वर्ष बम्पर बोनस शेयर दिने हल्लै हल्लामा विगत ३० कारोबार दिनमा झण्डै तीन अर्बको कारोबार भएको छ । विगत दुई सातादेखि हरेक दिन दोस्रो बजारमा सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा पहिलो हुँदै आएको छ । सोही अवधिमा एकै दिन ३९ अर्बसम्म कारोबार भएको छ ।

कम्पनीले होङ्सी सिमेन्टमा लगानी गर्नका लागि यस पटक ४० प्रतिशत भन्दा माथि बोनस शेयर दिने चर्चा छ । शिवम सिमेन्टमा ८८ प्रतिशत सेयर लगानी रहेको शिवम होल्डिङको होङ्सी सिमेन्टमा ३० प्रतिशत लगानी रहेको छ । यसरी एक आर्कामा जेलिएका होङ्सीमा लगानी थप गर्न शिवमले यस पटक बोनस शेयर दिने जनाइएको छ । बजारमा कम्पनीले ४० प्रतिशतसम्म बोनस शेयर दिन चर्चा सँगै विगत दुई महिनादेखि कम्पनीको शेयर मूल्यमा लगातार सुधार आइरहेको छ ।

Crest

यस अवधिमा कम्पनीको शेयर मूल्य न्युनतम ६६८ रुपैयाँदेखि सुधार हुने क्रममा ८३८ रुपैयाँसम्म पुग्यो । कम्पनीले चौथो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमाशिक वित्तीय विवरण हेर्ने हो भने कम्पनीको चुक्ता पूँजी चार अर्ब ४० करोड रुपैयाँ छ । साथै शेयर प्रिमियम ९५ करोड ६२ लाख रुपैयाँ छ । यदि बोनस शेयर दिएका खण्डमा कम्पनीले यहि शेयर प्रिमियमबाटै २१ प्रतिशत बोनस शेयर दिन सक्छ ।

त्यस्तै जगेडा कोषमा तीन अर्ब ८२ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाशिक वित्तीय विवरणमा यो चार अर्ब नाघ्नेछ । यसबाट पनि कम्पनीको बोनस शेयर तथा नगद लाभांश दिन सक्ने क्षमता सत प्रतिशत भन्दा माथि छ । कम्पनीले विगत चार आर्थिक वर्षमा वितरण गरेको लाभांशमा नगद मात्रै छ । कम्पनीले न्युनतम १५ देखि २९ प्रतिशतसम्म लाभांश दिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २९ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीको शेयर मूल्य बढाउन सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरु पनि लागि परिरहेका छन् । सर्वोत्तमले वुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कम्पनीले न्युनतम दर नै ५०१ रुपैयाँदेखि अधिकतम ७५१ को रेञ्ज तोकेको छ । दोस्रो बजारमा सूचिकृत एक मात्रै सिमेन्ट कम्पनी शिवमको शेयर मूल्यमा गिरावट आउने वित्तीकै सर्वोत्तमको शेयरमा लगानीकर्ताको आकर्षण घट्छ । यसले गर्दा पनि सर्वोत्तमकै लगानीकर्ताहरु शिवम सिमेन्टको शेयर मूल्य सुधारका लागि पहल गरिरहेका छन् । कम्पनीले बोनस शेयर दिए पनि नदिए पनि यस वर्ष शिवमले राम्रो लाभांश दिनेमा दुई मत छैन । यदि कम्पनीले बोनस शेयर दिन्छ भनेर गलत हैला फलाएर पछि नगद लाभांश दियो भने लगानीकर्ताहरु फस्ने निश्चित छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS