काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मोकोे डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानीगर्न सकिने सेवा प्रारम्भ गरेको छ ।
यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपभोग गर्न सक्नेछन् ।
यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १ हजार ५ सयभन्दा बढी मर्चेन्टहरुमाभिसा क्युआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ ।
मोको डिजिटल वालेट गुगलप्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।