Connect IPS
IME Life

एभरेष्ट बैंकको ऋणपत्र साउन १८ गतेदेखि निष्काशन हुने, साढे १० प्रतिशत व्याजदरमा लगानी गर्ने अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले यहि साउन १८ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ को सार्वजनिक निष्काशन गर्ने भएको छ । बैंकले ६ वर्ष अवधिको उक्त ऋणपत्रमा १०.५० प्रतिशत व्याजदर दिनेछ । एभरेष्ट बैंकले प्रति इकाई एक हजार रुपैयाँको दरमा २० लाख कित्ता हुन आउने २ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत व्यक्तिगत तरवबाट बिक्री गर्नेछ भने ४० प्रतिशत सर्वसाधारणका लागि आह्वान गर्नेछ ।

सर्वसाधारणका लागि छुट्टाइएको ८ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानीकोष र बाँकी कित्ता आम सर्वसाधारणका लागि जारी गर्नेछ । बैंकले पहिलो चरणमा साउन २२ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा माग बराबरको आवेदन नपरेमा मात्रै भदौ एक गतेसम्म सार्वजनिक निष्काशन गर्नेछ । ‍

Prabhu
Crest

बैंकले यस बाहेक अर्को २ अर्ब बराबरकै उर्जा ऋणपत्र पनि निष्काशन गर्दैछ । यि दुई ऋणपत्र निष्काशन पश्चात बैंकको कुल ऋणपत्रको आकार ५ अर्ब ३२ करोड रुपैयाँ रहनेछ । लगानीकर्ताले सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि अनलाइनबाटै आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS