Connect IPS
IME Life

साउन पहिलो सातामै ६४ अर्ब निक्षेप बाहिरियो, कहाँ गयो यति धेरै रकम ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साउन पहिलो सातामा बाणिज्य बैंकहरुको निक्षेप संकलन ६४ अर्बले घटेको छ । बैंकिङ प्रणालीबाट यति छोटो अवधिमै यति धेरै रकम बाहिरिदा सिडी रेसियो पनि बढेको छ । असार मसान्तमा ८६.४१ प्रतिशत रहेको सिडी रेसियो ८७.७५ प्रतिशत पुगेको छ ।

यस सातामा निक्षेप संकलन सँगै कर्जा लगानी पनि घटेको छ । सातादिनमै कर्जा लगानी १० अर्बले खुम्चिएको छ । बाणिज्य बैंकहरुले साउन ६ गतेसम्ममा ४३ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी लगानी गरेका छन् ।

Prabhu
Crest

साउन पहिलो साता सरकारले बैंकिङ प्रणालीबाट असार मसान्तसम्मको कर तथा राजस्व राज्यको ढुकुटीमा तानेको छ । गत असार मसान्तमा बैंकहरुले कर्जाको व्याज तथा किस्ता उठाउनुका साथै सरकारको राजस्व पनि संकलन गरेका थिए । जसले गर्दा असार अन्तिम दुई सातामा एक खर्ब १० अर्बले निक्षेप संकलन भित्रिएको थियो । जसले बैंकहरुलाई नेपाल राष्ट्र बैंकको नियमन छल्न सहज बनेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS