काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले ८ लाख ३२ हजार ६३२ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।
कम्पनीले सूचना जारी गरेको ३५ दिनभित्र शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । ३५ दिनभित्र शेयर खरिद गर्न कुनै आवेदन नपरेको खण्डमा शेयरधनी बाहेकका व्यक्ति वा कम्पनीलाई नेपाल राष्ट्र बैंकको जारी निर्देशन तथा मापदण्ड बमोजिम शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।