Connect IPS
IME Life

अभियान लघुवित्तको आइपिओ साउन १८ गतेदेखि, ९१ हजार ३७५ भाग्यमानीले १०/१० कित्ता पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साउन १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँको दरका ९ लाख ७६ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख १५ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।

सर्वसाधारण लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यदि पहिलो चरणमा माग गरिए बराबरको लागि आवेदन नपरेमा मात्रै भदौ एक गतेसम्म निष्काशन हुनेछ । तर लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताको सर्वाधिक आकर्षण हुने भएकाले माग भन्दा धेरै गुणा आवेदन पर्ने गरेको छ । त्यसैले लगानीकर्ताले अधिकतम १० कित्ता भन्दा बढीको लागि आवेदन दिइरहनु पर्दैन । लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने छन् ।

Prabhu
Crest

आइपिओ निष्काशनका लागि गरिएको रेटिङ अनुसार संस्थाले ‘इक्राएनपि आइआर डबल वि’ प्राप्त गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जध्यम जोखिम रहेको संकेत प्रदान गर्दछ ।

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ६१. प्रतिशत रहेको छ भने सर्वसाधारण समुहको ३९ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS