काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ३४.४३ ले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्ष २ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । मुनाफामा सुधार सँगै बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ रहेको छ ।
खुद व्याज आम्दानी १६.६७ प्रतिशतले बढेर ५ अर्ब ७ करोड रुपैया पुगेको छ । बैंकले निक्षेप संकलन १० प्रतिशतले मात्रै बढाउदा कर्जा विस्तार भने १३ प्रतिशतले विस्तार गरेको छ । यस अवधिमा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराव कर्जामा भने सामान्य बृद्धि भएको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.६२ प्रतिशतबाट ०.८२ प्रतिशत पुगेको छ । सिडी रेसियो ८६.१६ प्रतिशत छ । बैंकको आधार व्याजदर भने उल्लेख्य बृद्धि भएको छ । यस्तो व्याजदर ७.२६ प्रतिशतबाट ९.८६ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ३२ करोड छ ।