Connect IPS
IME Life

मेगा बैंक १३ औं बर्षमा प्रवेशः वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

‘आज भन्दा ठीक तेह्र बर्ष अगाडि १२ सय १९ जना संस्थापक शेयरधनीहरुको लगानीमा १४ जना संस्थापकहरु र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको सन्दर्भ स्मरण गराउन चाहन्छु । जनताको घरदैलोमा बैंकको सेवा पु¥याई आममानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर परिचालित भएका हामीले तत्कालिन अवस्थामा सबैभन्दा बढी चुक्तापुँजी २ सय ३३ करोड भएको बैंक स्थापना गरेका थियौं । लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो,’ अध्यक्ष शाहले भन्नुभयो, ‘उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रबद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । जुन आजको समय सन्दर्भमा सत्य प्रमाणित हुँदै गएका छन् । बैंकको संरचनालाई विकेन्द्रीत गर्दै क्षेत्रीय र जिल्ला–जिल्लामा विस्तार गर्न सकेमात्र आमजनताको बैंक समक्ष पहुँच स्थापित हुन्छ भन्ने हाम्रो अभियानले संघियताको कार्यान्वयन पछाडि नेपाल राष्ट्र बैंकले सो विषयलाई मौद्रिक नीति र निर्देशन जारी गरेपश्चात सार्थकता पाएको हो ।’

Prabhu
Crest

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ बर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए । उनले भने ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरुमा डिफिड–सक्षम, युएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरुमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तिकरण महत्वपूर्ण भूमिका खेलेको छ । देशले भोगेका प्राकृतिक विपत्ति तथा कोरोना जस्ता महामारीका कारण राष्ट्र तथा बैंक वित्तीय संस्थाहरुले भोगेको संकटको समयमा समेत लगानीकर्तालाई सन्तुलित तथा न्यायोचित प्रतिफल दिन सक्षम हुन हामीले लिएका सही नीति तथा बजेटको कार्यान्वयनको परिणाम हो ।’

विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उहाँले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताए । ‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौं भने हाम्रा मान्यताहरुलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदि जस्ता कुराहरुले गर्दा ३७ बर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भइ सैद्दान्तिक सहमति प्राप्त भइसकेको व्यहोरा यहाँहरुसमक्ष निवेदन गर्दै हामीले स्थापित गरेका मान्यताहरुमा विचलन आउने छैन भन्ने कुरामा हामी विश्वस्त छौं ।’

मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । ‘संस्थापकहरुको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वाशिलो र अग्रणी बैंकको रुपमा स्थापित भएको छ । बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको छ । स्थापनाको १२ बर्ष पूरा गरी १३ बर्ष प्रवेश गरिरहँदा संस्थापकज्यूहरु सँगसँगै यस बैंकका लागि कर्मचारीवर्ग, ग्राहकवर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमुलक देखिएको छ ।’

कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताउनुभयो । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उहाँले बताउनुभयो । कामु सिइओ श्रेष्ठका अनुसार ‘शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न हाम्रो बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।’

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS