Connect IPS
IME Life

एनसीसी बैंकको “एनसीसी प्रफुल्ल मुद्दती खाता योजना” मा  १० गुणासम्म रकम फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।

सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्मर संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्ममुद्दती खातामा रकमजम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

Prabhu
Crest

एनसीसीप्रफुल्ल मुद्दती खाता योजनाको विभिन्नविशेषतामध्ये व्यक्तिगत तर्फ ६ वर्ष ४ महिना २५ दिनमा २ गुणा रकम फिर्ता पाउन सकिन्छ भने संस्थागत तर्फ ७ वर्ष १ महिना १२ दिनमा २ गुणा रकम फिर्ता पाउन सकिन्छक । साथै १० वर्ष १ महिना २८ दिनको व्यक्तिगत र ११ वर्ष ५ महिना २० दिनमा तेब्बर रकम प्राप्त गर्न सकिन्छ । १५ वर्ष ११ दिन व्यक्तिगत र १७ वर्ष २२ दिन संस्थागत तर्फ भने निक्षेप रकमको ५ गुणा रकम फिर्ता पाउने योजना रहेको छ । यसैगरी व्यक्तिगत तर्फ २१ वर्ष ६ महिना २८ दिन र संस्थागत तर्फ २४ वर्ष ११ महिना २ दिनमा भने १० गुणा रकम फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै पहिलो वर्षको लागि ५ लाख सम्मको दुर्घटना बीमा र २ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंकले २५ वर्ष देखि आम नागरिक माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS