काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ५ अर्ब माथि खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २५ प्रतिशत वृद्धि हुँदै ५ अर्ब २० करोड पुगेको छ । एक वर्ष अघिको सोही अवधिमा कम्पनीले ४ अर्ब १६ करोड खुद नाफा गरेको थियो । बैंकको वितरण योग्य मुनाफा भने ३ अर्ब १९ करोड रहेको छ।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी १७ प्रतिशतले वृद्धि भएको छ भने संचालन मुनाफा करिव २७ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत वर्ष १० अर्ब ७४ करोड खुद व्याज आम्दानी गर्दै ७ अर्ब ५६ करोड संचालन मुनाफा गर्न सफल भएको थियो ।
बैंकले २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेको छ। समिक्षा अवधिमा निक्षेप संकलन ३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि भएको छ।
प्रकाशित प्रति शेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा छ भने किताबी मूल्य १५६ रुपैयाँ ११ पैसा छ।