काठमाडौं। निफ्राले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २२ प्रतिशत माथिको वृद्धि देखिएको छ । आर्थिक वर्ष ७७/७८ मा ८३ करोड ७४ लाख नाफा कमाएको कम्पनीले अहिले १ अर्ब २ करोड खुद नाफा कमाएको छ ।
प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानी ४१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८८ करोड पुगेको छ भने संचालन मुनाफा २३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४६ करोड पुगेको छ।
२१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ७३ करोड रहेको छ। जगेडा कोष समिक्षा अवधिमा २७ प्रतिशतले कम भएको छ।
प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा र किताबी मूल्य १०८ रुपैयाँ ०४ पैसा छ। कम्पनीले ४३ करोड ८० लाख निक्षेप संकलन गरेकोमा १५ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ।