Connect IPS
IME Life

सबै भन्दा पहिला रिपोर्ट निकालेको आरएसडीसी लघुवित्तको लाभांश दिने क्षमता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडीसी  लघुवित्तले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको रिपोर्ट निकाल्ने पहिलो कम्पनी बनेको छ । एनएफआरएस प्रणालीमा वित्तीय विवरण सार्वजनिक गरेको हुनाले कम्पनीले वितरणयोग्य मुनाफाको तथ्याङ्क पनि सार्वजनिक गरेको हुन्छ ।

चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १० करोड ५८ लाख रहेको छ भने कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ ।

Prabhu
Crest

कम्पनीको वार्षिक वितरण योग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गर्दा कम्पनीको प्रति शेयर वार्षिक वितरणयोग्य मुनाफा १३ रुपैयाँ १५ पैसा हुन् आउँछ । यसलाई लाभांश दिने क्षमताको रुपमा लिने पनि गरिन्छ।

यस्तो छ लाभांश ईतिहास :
कम्पनीले आर्थिक वर्ष ७७/७८ मा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो भने अघिल्लो आर्थिक वर्ष ७६/७७ मा ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । ५ वर्षको अवधिमा कम्पनीले औसतमा १२ दशमलव ६७ प्रतिशत लाभांश दिएको छ।

र यो पनि :

चौथो त्रैमास रिपोर्ट सार्वजनिक हुन सुरु, आरएसडिसी लघुवित्तको कस्तो आयो रिपोर्ट ?(रिपोर्ट सहित)

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनका लागि मात्र हो, यही तथ्याङ्कको आधारमा शेयर कारोवार नगर्नुहोला । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS