काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(डिसीइओ) पदमा श्री विनय दाहाल नियुक्त भएका छन्।
बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गर्नु भएका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गरिरहेका दाहाल पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनले एन.आई.सि एसिया बैंक तथा नबिल बैंकमा समेत काम गरेका थिए ।
बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने विश्वास बैंकले लिएको छ।