Connect IPS
IME Life

मन्दाकिनी हाइड्रोपावरको आइपिओ साउन ९ गतेदेखि निष्काशन हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समुहको ११ लाख ७६ हजार ७३ कित्ता मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ५०३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्नेछ ।

कम्पनीले छिटोमा साउन १२ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के क्यापिटलले जनाएको छ । यदि पहिलो चरणमा बिक्री नभएमा मात्रै कम्पनीले ढिलोमा साउन २३ गतेसम्म निष्काशन गर्नेछ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत ८३ करोड १० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ७७ लाख रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS