Connect IPS
IME Life

अपर हेवाखोलाको आइपीओ बाँडफाँट, ३ हजारभन्दा बढी आवेदन रद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

Prabhu
Crest

क्यापिटलकाअनुसार कुल आबेदक मध्ये दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको छ। अपर हेवाखोला हाइड्रोपावरको आइपीओ १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड भएको हो।

जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ।

कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS