Connect IPS
IME Life

मन्दाकिनी हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न, मागेजति सबैले पाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मन्दकिनी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरेको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजी ५८ करोड ८० लाख रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ८० लाख रुपैयाँको आइपिओ प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको थियो ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सम्पुर्ण शेयर बिक्री भएको थियो । आवेदन दिने सबैले उक्त शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केटले जनाएको छ ।

Prabhu
Crest

बाँडफाँडमा नपरेको शेयरको रकम यहि साउन एकगतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि गत असार एक गतेदेखि २२ गतेसम्म निष्काशन गरिएको थियो । अव कम्पनीले सर्वसाधारण समुह तर्फको ११ करोड ५६ लाख रुपैयाँको आइपिओ जारी गर्नेछ । सर्वसाधारणका लागि शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५८ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमता सार्दिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लगात ८३ करोड १० लाख रुपैयाँ पर्नेछ । प्रतिमेगावाट लागत २० करोड ७७ लाख रुपैयाँ पर्न आउछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS