Connect IPS
IME Life

सिक्लेस हाइड्रोपावरको आइपिओ साउन ६ गतेदेखि निष्काशन हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साउन ६ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँ मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँको आइपिओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको हो । उक्त शेयरमा कास्की जिल्लाको मादी गाँउपालिका वडा नं १, २ र ३ का स्थानीय बासिन्दाले आवेदन दिन सक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि छिटोमा साउन २० गतेसम्म र ढिलोमा भदौ ५ गतेसम्म निष्काशन गर्नेछ । लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त आयोजनाको कुल लागत २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ८२ लाख रुपैयाँ पर्न जान्छ ।

Prabhu
Crest

प्रभावित क्षेत्रका लागि शेयर निष्काशन पछि कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । संस्थापक, आयोजना प्रभावित र सर्वसाधारण सहित जम्मा चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ । आयोजना निर्माण सम्पन्न भइसकेकाले कम्पनीको अहिलेको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS