Connect IPS
IME Life

अपर सोलु हाइड्रोको शेयर बाँडफाँड सम्पन्न, १२ लाख ६४ हजारको हातखाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आज बाँडफाँड भएको आइपिओबाट एक लाख ८२ हजार ४७ जनाले १०/१० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले सर्वसाधारण समुहको १९ लाख ५७ हजार ५०० कित्ता शेयर मध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता शेयर सामुहिक लगानीकोषले खरिद गरेका छन् ।

Prabhu
Crest

कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड गरेर बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको छ । जसमा एक लाख ८२ हजार ४७ जनाले १०/१० कित्ता र उनिहरु मध्येको भाग्यमानी ५ जनाले थप एक कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म निष्काशन गरेको आइपिओमा १४ लाख ४६ हजार ९८५ जनाले एक करोड ६१ लाख ६० हजार ३८० कित्ता शेयरको लागि आवेदन दिएका छन् । आइपिओको नतिजा मेरो शेयरको अनलाइन एप्लिकेसन मेरो शेयर रिजल्टबाट हेर्न सकिनेछ । त्यस्तै मेरो शेयरको अनलाइन, बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइटबाट हेर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS