Connect IPS
IME Life

सानिमा र रिलायन्स सहित मर्जरका कारण ११ बीमा कम्पनीको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरका कारण नेपाल स्टक एक्सचेन्स (नेप्से) मा ११ वटा कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।  नेप्सेले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका ९ बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

आज विहान मात्रै मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका सानिमा र रिलायन्स लाइफको पनि कारोबार रोक्का गरिएको छ । यस भन्दा अगाडी मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका जीवन बीमा तर्फ युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफका साथै ज्योति लाइफ र सूर्या लाइफको पनि कारोबार रोक्का गरिएको छ ।

Prabhu
Crest

निर्जीवन तर्फ एभरेष्ट इन्स्योरन्स र हिमालयनको कारोबार रोक्का छ । मर्जर पछि यि दुई बीमा कम्पनीको एकिकृत कारोबार यहि साउन एक गतेदेखि हुदैछ । त्यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको पनि अहिले शेयर कारोबार बन्द छ ।

मर्जर सफल भएर एकिकृत कारोबार नभएसम्म उक्त कम्पनीको शेयर कारोबार फुकुवा हुँदैन । मर्जरका कारण लामो समय लगानीकर्ताको शेयर बन्धक हुने गरेको छ । मर्जरका क्रममा शेयर बजारमा इन्साइडर ट्रेडिङ हुने भएकाले पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ ।

बीमा समितिले गत चैतमा पूँजी बृद्धिको निर्णय सँगै गर्दा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिएको थियो । अहिले कम्पनीहरु जसरी पनि मर्जरका लागि जोडि खोज्ने दवावमा छन् । हिमालयन र एभरेष्टको मर्जर सफल भए सँगै अन्य कम्पनीहरु पनि लचक हुँदै मर्जरका लागि तयार हुदैछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS