Connect IPS
IME Life

राप्ती हाइड्रोको आइपिओ आजदेखि निष्काशन, २ लाख १७ हजारले शेयर पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ जारी गरी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता आम साधारणका लागि निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

Prabhu
Crest

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने ‍अधिकत २१ लाख कित्तासम्मका लागि आवेदन दिन पाउन छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । यसका साथै मेरो सेयरको अनलानइन एप्लिकेसन मार्फत पनि आवेदन दिन सकिनेछ।

आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS