Connect IPS
IME Life

नेपाल एसबिआईको ऋणपत्र निष्काशनमा पुन : समय थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि खुल्ला गरेको ऋणपत्र निष्काशनमा समय थप भएको छ । कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो ।

असार २२ बिक्रि खुल्ला गरिएको ऋणपत्रमा असार २६ गतेसम्म आवेदन दिन सकिने. भनिएता पनि साउन ४ गतेसम्म आवेदन दिन मिल्नेगरि समय थप गरिएको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १२ लाखकित्ता सर्वसाधारणलाई विक्री गरिने छ भने बाँकी ६० प्रतिशतअर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने कम्पनीले जानकारी दिएको छ । सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानीकोषले आवेदन दिएका छैनन् ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो शेयरको वेबसाइटका साथै मेरो शेयर एप, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS