Connect IPS
IME Life

नेप्सेमा एक्सेल डेभलपमेन्टको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गरिएको छ । बुक क्लोज सँगै नेप्सेले बैंकको शेयर मूल्य समायोजन गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बोनस शेयरको मूल्य समायोजन सँगै बैंकको शेयर मूल्य प्रति कित्ता ३२० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबार हुँदाको मूल्य ३४८ रुपैयाँ थियो ।

बैंकले लाभांश पारित गर्न गर्न साउन ९ गते सिद्धार्थ होटल विर्तामोडमा सोह्रौं बार्षिक साधारणसभाको आयोजना गरेको छ । उक्त साधारणसभा सोहि दिन विहान ११ बजेदेखि सञ्चालन हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS