Connect IPS
IME Life

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । शुक्रबार प्रि अलटमेन्ट गरेका बिक्रि प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले आज क्यापिटलकै कार्यालयमा बाँडफाँड गरेको हो ।

आवेदन परेकामध्ये १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाएका छन। बाँकी १४ लाख ४३ हजार आवेदकको भने हात खाली भएको कम्पनीले जनाएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम१० कित्ताको दरले शेयर वितरण गरिएकोमा २ जनाले भने ११ कित्ता पाएका छन् ।

Prabhu
Crest

कम्पनीले असार १५ देखि प्रति शेयर १०० को दरमा १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमा कम्पनीको शेयरभन्दा १० गुणा बढी आवेदन परेको थियो । कम्पनीका अनुसार १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदका लागि १६ लाख २६ हजार ४३० आवेदकबाट १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । साथै बाँकी १८ लाख ३० हजार ४७२ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिएको थियो ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको  iporesult.cdsc.com.np/ लउर बाट र हिमालयन हाइड्रो कम्पनीको वेबसाइट https://hhpl.com.np/ लउर बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS