काठमाडौं । सिभिल बैंक लिमिटेडर पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २०प्रतिशतसम्म छुट पाउने भएका छन् ।
एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी.तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत ,ल्याब÷बेड,रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने ब्यबस्था छ ।
यस छुटको सुबिधा उपभोग गर्नका लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशकाप्रमुख समीर के.सीले बताएका छन ।
सातलाखभन्दा बढीग्राहकहरुलाई ११५ शाखाहरुमार्पmत सेवाप्रदानगरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।