Connect IPS
IME Life

अपर हेवाखोलाको आईपीओ आजदेखि बिक्री खुला, अधिकतम १० कित्ता आवेदन दिए पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारण समुहको १५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । प्रति कित्ता १०० रुपैयाँका दरले १५ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता कर्मचारी र सामुहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सुरक्षित गरेको छ ।

म्युचुअल फण्ड र कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको १३ लाख ९५ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले छिटोमा यहि असार २८ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री भएन भने मात्रै ढिलोमा साउन ६ गतेसम्म बिक्री खुला गर्नेछ ।

Prabhu
Crest

कम्पनीको आइपिओमा मेरो शेयरको अनलाइन एप्लिकेसनका अतिरिक्त सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर जम्मा एक लाख ३९ हजार ५०० जनाले मात्रै पाउने छन् । पछिल्लो समयमा आइपिओ निष्काशन गरेका कम्पनीहरुमा १५ लाख भन्दा धेरैको आवेदन पर्ने गरेकोले अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS