Connect IPS
IME Life

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तीन लाख कित्ता निष्काशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको आइपिओ आजसम्म मात्रै निष्काशन हुने भएको छ । कम्पनीले असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

Prabhu
Crest

प्रभावित क्षेत्रका बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। प्रभावित बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS