काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले तीन महिना भित्रमा मर्जर प्रकृयाँ टुङ्गाउने सर्त सहित सहमति दिएको हो ।
राष्ट्र बैंकले १० वटा शर्तहरु सहित मर्जरको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । दुबै बैंक विचमा गत जेठ २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । मर्जरको सहमति गरे सँगै अहिले दुबै कम्पनीको शेयर कारोबार रोक्का गरिएको छ ।
ca115a1ee93bb1b8bae0bae6fc72dde2