Connect IPS
IME Life

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को १२ करोड इकाई विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड – १ को १२ करोड इकाई विक्री खुला भएको छ । फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्री खुला गरेको हो ।

कुल विक्री भएको इकाईको १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई १ दशमलव ५० प्रतिशत अर्थात् १८ लाख इकाई तथा कोष प्रबन्धकलाई १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गरिने छ ।

Prabhu
Crest

उक्त इकाईमा छिटोमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो समय अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म इकाईमा आवेदन दिन सकिने छ । आवेदकले १०० इकाईदेखि २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताहरुले विक्री प्रबन्धकसँगै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेबसाइट र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS