Connect IPS
IME Life

एउटै आवमा १००% लाभांश दिन सफल ग्लोबल आइएमई म्युचुअल फण्डको अर्को फण्डमा भोलि देखि लगानी गर्न मिल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले असार २२ गते देखि आईपीओ निस्काशन गर्दै छ । ग्लोबल आइएमईले संचालन गर्न लागेको यो दोश्रो म्युचुअल फण्ड हो । ग्लोबल आइएमई समुन्नत स्किम १ नामक म्युचुअल फण्ड अहिले संचालनमा रहेको छ भने यसै वर्षको चैत्र ११ गते सो योजना परिपक्व हुँदै छ । सो म्युचुअल फण्डले शत प्रतिशतसम्म लाभांश दिएको ईतिहास छ।  फण्डले आफ्ना ईकाईधनीलाई आर्थिक वर्ष ७७/७८ को लाभांश बाट १०० प्रतिशत  नगद लाभांश प्रदान गरेको थियो । 
प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम् १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १ दशमलव ५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडको लागि १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बिज पूँजीको रुपमा राखी बाँकि न्यूनतम् १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।

यस म्युचुअल फण्डमा असार २६ गते सम्म आवेदन दिनु पर्ने छ । यदी सो समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म समय थपिनेछ ।

Prabhu
Crest

कतिसम्म दिन पाईन्छ आवेदन ?
न्युनतम १०० इकाई देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

योजना सम्बन्धी थप जानकारी :
योजनाको नाम : ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड– १
कोष प्रवर्द्धकको नाम : ग्लोबल आइएमई बैंक लिमिटेड
योजनाको आकार : १ अर्ब २० करोड (१२ करोड इकाई)
प्रति इकाई मूल्य : रु.१०
योजनाको प्रकार : बन्दमुखी
योजनाको अवधि : १० वर्ष

योजनाले लगानी गर्ने क्षेत्र :
कम्पनीका अनुसार नियमावलीको नियम ३४ एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम देहाय बमोजिमको कुनै वा सबै क्षेत्रमा लगानी गरिनेछ :
१. बोर्डमा दर्ता भएका धितोपत्रहरु ।
२. सार्वजनिक निष्काशन भएको धितोपत्र ।
३. धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र ।
४. नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी
स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी
बील तथा मुद्रा बजारका अन्य साधनहरु ।
५. बैंक निक्षेप ।
६. मुद्रा बजार उपकरण ।
७. धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्र ।

कोष प्रवर्द्धकको सम्बन्धी जानकारी :

ग्लोबल आइएमई बैंक लिमिटेड प्रचलित कम्पनी कानुन बमोजिम मिति २०६३/०२/१५ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०६३/०९/१६ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्ने ईजाजतपत्र प्राप्त गरी बैंकले मिति २०६३/०९/१८ गतेदेखि आफ्नो  वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । यस बैंकमा संस्थापक शेयरधनीहरुको ५१% र सर्वसाधारण शेयरधनीहरुको ४९% शेयर स्वामित्व रहेको छ । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ बमोजिम नेपालको लागि स्वीकृति प्राप्त क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडबाट ग्लोबल आइएमई बैंक लिमिटेडको क्रेडिट रेटिङ्ग भई “[ICRANP-IR] A” रेटिङ्ग प्राप्त गरेको छ ।

योजना व्यवस्थापक सम्बन्धी विवरण :


ग्लोबल आइएमई क्यापीटल लिमिटेड (साविक एलिट क्यापिटल लिमिटेड) कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०६५/०२/१४ मा नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । कम्पनीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डवाट मिति २०६५/०५/२२ मा अनुमतिपत्र प्राप्त गरी सोही मितिदेखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो स्थापना वर्षदेखि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन कार्य गर्दै आएको छ । साथै, कम्पनीले आफूले प्रदान गर्ने सेवालाई विविधीकरण गर्दै शेयर रजिष्ट्रार सम्बन्धी सेवा सञ्चालन गरेको छ भने मिति २०७२/०२/३२ मा लगानी व्यवस्थापन सेवा तथा शेयर प्रत्याभूति सेवा सञ्चालनको अनुमति प्राप्त गरी उक्त सेवा समेत सञ्चालन गर्दै आएको छ । त्यसैगरी यस कम्पनीले मिति २०७०/०१/०९ मा नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता प्राप्त गरी निक्षेप सदस्यताको सेवा दिंदै आइरहेको छ भने मिति २०७२/०४/१९ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्ने अनुमति समेत प्राप्त गरेको छ ।

यस अघि ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आएको  ग्लोबल आइएमई समुन्नत स्किम १ नामक म्युचुअल फण्डले आर्थिक वर्ष ७७/७८ मा घोषणा गरेको शत प्रतिशत प्रतिफल:

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS