काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । मंगलवार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो।
शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।